काठमाण्डु – नेकपा एमालेका तर्फबाट काठमाण्डु महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् ।
उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाण्डुस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग बोल्दै उनले सत्ता गठबन्धनको गेम ओभर भइसकेको भन्दै स्थानीय चुनावमा आफुले दोब्बर मत ल्याएर निर्वाचित हुने दावी गरेका हुन् ।
उनले भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु । गठबन्धनको गेम ओभर भइसक्यो ।’
२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको बताएका उनले यसपटक पनि आफू निर्वाचित हुने दाबी गरे । स्थापित काठमाण्डु महानगरको पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् ।
यसैगरी एमालेबाट काठमाण्डु महानगरको उपमेयरमा भने सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । डंगोल पूर्व मिस नेवा हुन् ।




प्रतिक्रिया