विद प्रालिले पाँच लाख थान आरटिडी किट ल्याउने

विद प्रालिले पाँच लाख थान आरटिडी किट ल्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बिआइडिएच म्यानेजमेन्ट (विद) प्रालिले कोरोना भाइरसको परीक्षण गर्ने आरटिडी किट पाँच लाख थान ल्याउने तयारी गरेको छ ।

विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले चीनको राजधानी बेइजिङबाट ल्याइने उक्त किट यसैसातानेपाल ल्याइने जानकारी दिए । उनले सरकार तथा विभिन्न निजी अस्पतालको आग्रहमा ल्याउन लागिएको किटको बजार मूल्य प्रतिकिट ५ सय ६५ रहेको जानकारी दिए ।

यसअघि सोही कम्पनीले निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्समार्फत एक लाख थान आरटिडी किट ल्याएको थियो ।

कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले थप सामान आयात गर्न लागिएको हो । नेपालमा कोरोना संक्रमितको दर बढ्न थालेपछि परीक्षण दायरा बढाउने सरकारले निर्णय गरेको छ ।