काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं महानगरमा आज शोक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ ।

काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो । उनको उपचारको क्रममा बिहिवार निधन भएको थियो ।

तर, यसरी दिईएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।

उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर हिजो बिहान उनको निधन भएको हो ।