विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारिए काठमाडौं महानगरले कारबाही गर्ने

विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारिए काठमाडौं महानगरले कारबाही गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह गरेको छ ।

महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने चेतावनी दिइएको हो ।

शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्।

विद्यालयले विद्यार्थीलाई सेतो दाह्री र रातो टोपीलगायत सान्टाको पहिरन किन्न लगाउने गरेका छन् । त्यसबाहेक अन्य चाडबाडमा पनि विद्यालय पोशाकभन्दा फरक पोशाक लगाउन वाध्य पार्ने गरिएको अधिकांश अभिभावको गुनासो सुनिन्छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाले एक जानकारीमूलक पत्र सार्वजनिक गर्दै विद्यालय पोशाकबाहेकका पोशाक किन्न बाध्य नपार्न महानगर क्षेत्रका विद्यालयलाई अनुरोध गरेका छन् । परिपत्रविपरीत कार्य गरेको पाइएमा कारबाही गरिने महानगरको चेतावनी छ ।