काठमाण्डु – काठमाडौँ महानगरपालिकाले सोमबार (आजदेखि) अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ ।
आइतबार बसेको काठमाडौँ महानगर,नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो।
आज माइतीघर र न्युराेडबाट काठमाडौँ महानगरपालिकाले तार व्यवस्थित गर्ने काम सुरू गरेकाे छ। यसमा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन् ।
प्रतिक्रिया