केएमसीमा नेपालकै ठुलो एनआईसीयू सञ्चालनमा

केएमसीमा नेपालकै ठुलो एनआईसीयू सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र बाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

४० शैयाको नवजात शिशु सघन उपचार कक्ष र १० शैयाको बालरोग सघन उपचार कक्ष गरी बालबालिकाहरूको उपचारका लागि ५० शैयाको अत्याधुनिक उपचार कक्ष सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । सघन उपचार कक्षमा नयाँ प्रविधिका उपकरण जडान गरिएको डा. शर्माले बताए ।

समय नपुग्दै जन्मिएका नवजात शिशुलाई गर्भमा जस्तै गरी राख्न मिल्ने जिराफ ओम्निबेड इन्क्यूव्याटर मेसिन र तथा १ किलो भन्दा कम तौल भएका नवजात शिशुलाई फोक्सोको उपचारमा प्रयोग गरिने हाइ फृक्वेन्सी ओस्सिल्याटोरी भेन्टिलेटरसहितका उपकरण नेपालकालागि नयाँ प्रविधि भएको केएमसीका वालरोग बिभाग प्रमुख प्रा.डा.सुनिल राजा मानन्धरको दावी छ ।

४० बेडको एनआईसीयू नेपालकैलागि ठुलो भएको अस्पताल प्रशासनले दाबी गरेको छ ।  अत्याधुनिक प्रविधिका कारण नवजात शिशु र बाल मृत्युदरमा कमी आउने विश्वास लिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहाले बताए ।