काठमाण्डु – काठमाडौंका केही स्थानमा आज सवारी साधन आवागमन प्रभावित हुने भएको छ ।
इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरले सूचना जारी गर्दै आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने जनाएकाे हाे ।





प्रतिक्रिया