चिनियाँ राजदूतको अभिव्यक्ति सरकारले नोटिसमा राख्नुपर्छ: शशाङ्क कोइराला


काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत भएको बताएका छन् ।

आइतबार नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले चिनियाँ राजदुतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताएका हुन् ।

त्यस्तै नेपाली कांग्रेसमा चरमगुटबन्दी भएका कारण समस्या भएको बताउन्दै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामर्थ्य आफूले मात्र राख्ने उनको भनाइ छ । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठुलो समस्यामा पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement