शेखर कोइरालाले बोलाएको बैठकमा विश्वप्रकाश र प्रदीप नजाने


काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा शेखर कोइरालाले बोलाएको गुटको बैठकमा सहभागी नहुने भएका छन् । कोइराला आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।

कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पहिलो पटक समूहको बैठकमा आमन्त्रण गरेको थियो । तर महामन्त्री शर्मा भने उक्त बैठकमा सहभागि नहुने भएका हुन् ।

त्यस्तै कोइरालाले बेलाएको गुटको बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेल पनि नजाने भएका छन् । उनले आफू काम विशेषले उपत्यका बाहिर जान लागेको बताए । असोज ४ मा बस्ने बैठकमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement