सबैभन्दा ठूला मिटरब्याजी बैंक हुन्: शेखर कोइराला

सबैभन्दा ठूला मिटरब्याजी बैंक हुन्: शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरु मिटरब्याजी भएको बताएका छन् ।

चितवन काठमाण्डु प्रजातान्त्रिक संगमको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरु भएको आरोप लगाएका हुन् ।

‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरु भए ।’, उनले भने ।

देश आर्थिक रुपले अप्ठेरो परिस्थितिमा रहेको उनले बताएका छन् । ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि । तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?’, कोइरालाले भने । त्यस्तै उनले चितवनमा कांग्रेसको अवस्था खस्किँदै गएको बताएका छन् ।