कोहलपुर तनावग्रस्त : डीएसपी शाहीसहित ९ प्रहरी घाइते

कोहलपुर तनावग्रस्त : डीएसपी शाहीसहित ९ प्रहरी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोहलपुर – कोहलपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ९ जना प्रहरी घाइते भएका छन् ।

बाँकेको कोहलपुर–नेपालगञ्ज सडकखण्डस्थित हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले ठक्कबर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हाे। स्थानीय र विद्यार्थीहरुले बलिकालाई ठक्कर दिने ट्रकमाथि आगजनी गरेका छन् भने सडक समेत अवरुद्ध गरेका छन्।

दर्शनकारीको भीडलाई नियन्त्रण गर्न खोज्दा दर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका हुन् । उनीहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।