काठमाडौं – कोहलपुर घटनाको विरोधमा गृहमन्त्रीको राजीनामा मागिएको छ । आइतबार बाकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।
नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे ।
पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको छ ।
आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातकी प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज (कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीसहित एक दर्जनभन्दा बढी घाइते भएका थिए । प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन् ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलीकप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।




प्रतिक्रिया