बाँके – बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट घाइते भएकी बालिका प्रकृति चन्दलाई काठमाडौं ल्याइएको छ । दुबै खुट्टा ट्रकको टायरबाट पेलिएकी उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याईएको हो ।
कोहलपुर–नेपालगञ्ज सडकस्थित हाई स्कूल चोकमा रहेको त्रिभुवन माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययनरत प्रकृतिको थप उपचारका लागि ग्वार्काेस्थित बीएण्बी अस्पतालमा ल्याइएको छ । उक्त घटनाले विरोध प्रदर्शन हुनुका साथै कोहलपर अहिले तनावग्रस्त बनेको छ । प्रकृतिलाई ठक्कर दिने ट्रक विद्यार्थीहरुले जलाएका छन् भने यातायात अवरुद्ध समेत गरेका थिए ।
प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको हो । झडपका क्रममा डीयसपी शाहीसहित प्रहरी र विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । अहिले कोहलपुरको अवस्था सामान्य पार्न जिलला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यु जारी गरेको छ ।




प्रतिक्रिया