कोहलपुर सडक खण्डमा भेटिएको सकेट बम नेपाली सेनाद्वारा डिस्पोज


नेपालगञ्ज – नेपालगञ्ज–कोहलपुर सडक खण्डको राँझाचोक नजिकै अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।बुधबार राति राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार बिहान डिस्पोज गरेको थियो । नेपाली सेनाले त्यसलाई ‘बकेट बम’ भनेको छ ।

सडकछेउमा बम देखिएपछि त्यस क्षेत्रको जनजीवन त्रसित बनेको थियो । नेपालगञ्ज–कोहलपुर सडक नेपालगञ्ज भित्रिने र बाहिरिने सडक हो । चारलेनको सडकछेउमा बम राखेपछि यातायात प्रभावित भएको थियो ।

सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा नेपाल बन्दको आह्वान भएको छ । नेपालगञ्जमा बन्दको प्रभाव आंशिक परेको छ । शिक्षण संस्था बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement