ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त

ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोहलपुर – बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि कोहलपुर तनावपूर्ण भएको छ ।

कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले ठक्कर दिँदा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दको मृत्यु भएपछि स्थानियले टायर बालेर सडक अवरुद्ध पारेका छन् ।

उक्त ट्रकमा विद्यार्थीहरुले आगो लगाइदिएका छन् । आक्रोशित स्थानिय समूह र प्रहरीबीच ढुंगा हानाहान भएको थियो । अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

दर्जनौं गाडीहरु बीच सडकमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।