कांग्रेस महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।  कोरोना भाइरस संक्रमण देखिएपछि मंगलबार साँझबाट ओम अस्पताल भर्ना भएका महामन्त्री कोइराला शनिबार  डिस्चार्ज भएका हुन् ।

यद्यपि चिकित्सकको सल्लाह अनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने उनका स्वकीय सचिव भरत तिवारीले बताए । तिवारीका अनुसार स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो । एक हप्तापछि फेरि पिसिआर परीक्षण गरिने छ ।

कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझबाट प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा उपचार गरिएको थियो । महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।