विराटनगर – सरकारले कोइराला निवासबाट सुरक्षाकर्मी हटाएपछि विराटनगर महानगरपालिकाले नगर प्रहरी खटाएको छ ।
सरकारले कोइराला निवासको सुरक्षा गरिरहेका १३ जना सशस्त्र प्रहरीलाई फिर्ता बोलाएसँगै निवासको सुरक्षा गरिरहेका प्रहरीले निवास छोडेका थिए ।
कोइराला निवास छाडेलगत्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलेले मंगलबार तीन जना नगर प्रहरी कोइराला निवासको सुरक्षार्थमा खटाएका हुन् ।
यो महानगरको ऐतिहासिक धरोहर भएको र सुरक्षा दिनु मेरो कर्तव्य हो भन्दै मेयर पराजुलीले महानगरबाट प्रहरीलाई निवासको सुरक्षा गर्न खटाएको बताए ।
पूर्वप्रधानमन्त्रीहरू, मातृका कोइराला बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले यही निवासबाट प्रजातान्त्रिक आन्दोलन छेडेका थिए । विशेषगरी पञ्चायतविरूद्धको आन्दोलनमा बीपी र गिरिजाप्रसाद कोइरालाले यो निवास बढी प्रयोग गर्थे। बीपीको निधनपछि गिरिजाले निवासमा बाक्लो आउजाउ गर्थे, कार्यकर्ता भेटघाट गर्थे।
उनको निधनपछि सुनसान रहेको निवासमा पछिल्लो समय उनका भतिजा शेखर गइरहन्छन् ।




प्रतिक्रिया