इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो छ : डा. शशांक कोइराला

इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो छ : डा. शशांक कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो रहेको बताएका छन् ।

नेपाली कांग्रेस र नेविसंघ लमजुङ–काठमाण्डु सम्पर्क समितिले दशैं, तिहार तथा छठ पर्वका अवसरमा आज शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले पछिल्लो समय कांग्रेसभित्र बीपीको विचार समाप्त हुने डर रहेको बताए ।

उनले भने, ‘बीपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बीपीको विचार अँगालेमा कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन ।’

उनले बीपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।