काठमाण्डु – राष्ट्रियसभा सदस्य कोमल वलीले दार्चुलामा तुईनबाट खसेर बेपत्ता भउकाले जयसिंह धामीको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबार राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडसँग जवाफ माग्दै सांसद वलीले भारतीय एसएसबीले तुइन काटेर बेपत्ता भएका जयसिंहको घटनाबारे सरकारले भारतसँग कुरा गर्न सक्छ ? कि यसलाई कम्फरटेबल बनाउन खोजेको हो ? भन्दै प्रश्न गरेकी छन् ।
‘तुइन काटेर जयसिंह धामी नदीमा खसेको मानवीयताविरोधी र लज्जास्पद घटनामा सरकारले समिति बनाएर मात्र बस्न मिल्छ कि भारतसँग कुरा गर्न सक्छ ? कि सरकारले यसलाई कम्फरटेबल बनाउन खोजेको हो ?,’ उनले प्रश्न गरिन् ।
जवाफमा गृहमन्त्री खाँडले तुइनबाट खसेर धामीको मृत्यु भएको घटनामा सरकार गम्भीर रहेको बताएका छन् । उनले घटनाको छानबिनका लागि समिति गठन भइसकेकाले उक्त समिति १० दिनभित्र प्रतिवेदन बुझाउने बताए ।




प्रतिक्रिया