काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले जुममाथि नै प्रश्न उठेको बताएकी छन् । उनले जुमलगायत विभिन्न सफ्टवेयरमा सुरक्षाको प्रश्न उठिरहेकोले सरकारी सफ्टवेयरबाटै कुराकानी गर्नुपर्ने बताएकी हुन् । सोमबार पर्यटनमन्त्री सहभागी जुम मिटिङमा पोर्न भिडियो सार्वजनिक भएको थियो ।
मंगलबार राष्ट्रिसभामा आफ्नो धारणा राख्दै सांसद वलीले दुई सय जनाले एकैपटक कुराकानी गर्न मिल्ने सरकारी सफ्टवेयर रहेकोले जुमको सट्टा त्यही सफ्टवेयर प्रयोग गर्न आग्रह गरिन् ।
‘डिजिटल सफ्टवेयरका माध्यमबाट हामी भर्चुअल मिटिङ, क्लास सञ्चालन गरिरहेका छौं । तर जुमलगायत विभिन्न सफ्टवेयरमा सुरक्षाको प्रश्न उठिरहेको छ,’ उनले भनिन् ।
सरकारी सफ्टवेयर नै प्रयोग गर्न उनले आग्रह गरिन् । ‘करिब २०० जनाले एकैपटक त्यसमा कुराकानी गर्न सकिन्छ । सरकारी क्लाउडबाटै यो सुविधा लिन सकिन्छ भने अरू किन प्रयोग गर्ने ?’ उनले प्रश्न गरिन् ।




प्रतिक्रिया