केपी ओलीलाई प्रेम गर्नु भनेको देश र विकासलाई प्रेम गर्नु होः कोमल वली

केपी ओलीलाई प्रेम गर्नु भनेको देश र विकासलाई प्रेम गर्नु होः कोमल वली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेम गर्नु भनेको देश र विकासलाई प्रेम गर्नु भएको बताएकी छन् ।

बिहीबार सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै सांसद वलीले केपी ओलीलाई प्रेम गर्नु विकासलाई प्रेम गर्नु भएको बताएकी हुन् ।

‘केपी ओलीलाई प्रेम गर्नु भनेको देश र विकासलाई प्रेम गर्नु हो, उनले अगाडी प्रश्न गर्दै भनिन्, ‘डू यू लभ केपी ओली ?।’

उनले कार्यक्रममा ‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई, देशका लागि आज अनि चाहियो भोलिलाई’ शिर्षकको गीत समेत गाएकी थिइन् ।