रघुजी पन्तविरुद्ध भोलि मुद्धा हाल्दै सांसद वली

रघुजी पन्तविरुद्ध भोलि मुद्धा हाल्दै सांसद वली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभाकी सांसद कोमल वलीले विघटित नेकपाका नेता रघुजी पन्तविरुद्ध मुद्दा हाल्ने तयारी गरेकी छन् ।

लोकप्रिय गायिका समेत रहेकी सांसद वलीले कानून व्यवसायीसँग परामर्श गरेपछि भोलि जिल्ला अदालतमा मुद्दा हाल्ने तयारी गरेकी हुन् ।

केही दिनअघि नेता पन्तले एउटा कार्यक्रममा बोल्दै वलीविरुद्ध ‘पिडुला देखाएर सांसद बनेको’ भन्ने आरोप लगाएका थिए ।

पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ ।