काठमाण्डु – प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तले सांसद कोम वलीबारे विवादास्पद अभिव्यक्ति दिएका छन् ।
नेता पन्तले केही दिनअगाडि भएको एक कार्यक्रममा वलीले पिडुँला देखाएर प्रधानमन्त्री केपी शर्मा अोलीले सांसद बनाएको आरोप लगाएपछि उनी विवादमा तानिएका छन् । नेता पन्तले लैङ्गिक हिँसाजन्य अभिव्यक्ति दिएको भन्दै चर्को आलोचना हुन थालेको छ ।
उनले भनेका छन्, ‘अहिले महिलाहरू पनि केपीतिर पनि लागेका छन् । २० औँ वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरू पनि छन् । तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन् । केपी ओलीले केरे कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै पोइल जान पाँउ भनेपछि सांसद त तिनैले पाइन् । कपाल फूलेर चाउरी परेका बुढी कामरेडहरू न राष्ट्रियसभाको सदस्य हुन पाएका छन् केन्द्रीय कमिटी सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन् ।’
सांसद वलीले आफुहरुले नेता मानेका नेता पन्त कति निच हुनुहुँदो रहेछन् भन्ने बल्ल आएर खुलेको बताएकी छन् । उनले नेता पन्त दरिद्र सोचको सिकार भएको बताएकी छन् ।
‘पन्तजीलाई मेरो प्रश्न: तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नु भएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’, उनले भनेकी छन् ।
सांसद वलीले नेता पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भनेर दिएको अभिव्यक्ति मानव बिकासका क्रममा बन्ने तन्तुहरु विचैमा रोकिएको बताएकी छन् । उनले पन्तले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको पनि बताइन् ।
‘पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो’, उनले भनेकी छन्, ‘तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’
त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पवनि नेता पन्तको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । मुख्यमन्त्री पोखरेलले लैंगिक रुपमा उनको आलोचना खेदजनक रहेको बताएका छन् ।
‘चर्चित लोक गायिका र संचारकर्मी हो । राजनीतिमा उनको प्रवेश सोही परिवेशवाट भयो । लैंगिक रुपमा उनको आलोचना खेदजनक छ’, उनले भनेका छन् ।




प्रतिक्रिया