काठमाण्डु– कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी सशस्त्रले नियन्त्रणमा लिएको छ ।
बुधबार राति सशस्त्र प्रहरी बलले भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट ती गाडीहरु नियन्त्रणमा लिएको हो ।
गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
व्यवसायीले भने ती गाडी सरकारले कर बढाउनुअघि नै ल्याइएको दाबी गरेको छ। तर सशस्त्र प्रहरीले भने कर छल्न पहिल्यै ल्याएका कागजात तयार गरिएको आशंका गरेको छ।




प्रतिक्रिया