काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले तत्काल दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ ।
श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो ।
कोरोनाको समस्यामा केही सामाधान नभएसम्म कोरिया कामदार नपठाइने निर्णय भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी दिए ।
आगामी फागुन १८ गते ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि अवस्था सहज नहुने देखिएको शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए । उनले कोरियास्थित दूतावाससँग सल्लाह गरेरै उडान रोकिएको जानकारी दिए ।
सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिएको खनालले बताए ।




प्रतिक्रिया