कोरियन कम्पनीले नेपालमै चार पांग्रे गाडी बनाउने

कोरियन कम्पनीले नेपालमै चार पांग्रे गाडी बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरियन कम्पनी मोट्रेक्सले नेपालमा चार पांग्रे गाडी उत्पादन गर्ने भएको छ । लगानी बोर्ड नेपाल र कोरियन कम्पनी मोट्रेक्सका प्रतिनिधिबीच बुधबार प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट ढपीआईए)मा सम्झौता भएको हो ।

उक्त कोरियन कम्पनीले नेपालमा चार पांग्रे गाडी उत्पादन गर्नका लागि १ देखि १५ अर्बसम्म लगानी गर्ने हस्ताक्षर भएको लगानी बोर्डले जनाएको छ ।

नेपालमै गाडी उत्पादन गर्नका लागि मोट्रेक्सले गत वर्ष नै लगानी बोर्डमा आवेदन दिएको थियो । यसका लागि बोर्डमा अनुमति दिएपनि बुधबारमात्र परियोजना लगानी सम्झौता भएको हो । सम्झौता अनुसार कम्पनीले रुपन्देहीको मोतीपुर औद्योगित क्षेत्रमा प्लान्ट राख्ने छ ।