कोरियान भाषा परीक्षा आजबाट सुरु, नतिजा असार १३ गते आउने

कोरियान भाषा परीक्षा आजबाट सुरु, नतिजा असार १३ गते आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा शनिबार (आज)बाट सुरु हुँदै छ । भाषा परीक्षामार्फत दक्षिण कोरिया जाने नेपालीका लागि भाषा परीक्षा सुरु गरिएको हो । यो वर्ष ईपीएस परीक्षाका लागि ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए ।

यसमध्ये औद्योगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुपालनतर्फ २८ हजार ८ सय ८९ जनाले फारम भरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

कोरियाको भाषा परीक्षामा गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए । आज र भोलि हुने परीक्षा काठमाडौं र पोखराका विभिन्न ३२ केन्द्रमा सञ्चालन हुनेछ । शाखाले भाषा परीक्षाका लागि काठमाडौंमा २८ र पोखरामा ४ वटा केन्द्रको व्यवस्था गरेको छ ।

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि दक्षिण कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । त्यसबेलादेखि अहिलेसम्म दक्षिण कोरियामा ईपीएसमार्फत करिब ३५ हजारभन्दा बढी नेपाली कामदार पुगिसकेका छन् । दक्षिण कोरियामा न्यूनतम मासिक १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण बढेको छ ।

अहिलेसम्म कुल ५५ हजारभन्दा बढी कामदार त्यहाँ पुगिसकेका छन् । कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ ।कोरियाले यसवर्ष उत्पादनतर्फ ७ हजार ५० र कृषि र पशुपालनतर्फ ३ हजार नेपाली कामदार लैजाने छ । भाषा परीक्षाको नतिजा असार १३ गते प्रकाशन गर्ने ईपीएस शाखाले जनाएको छ ।