उत्तर कोरियाद्वारा जापानमाथि मिसाइल प्रहार


एजेन्सी – उत्तर कोरियाले जापानमा मिसालाई प्रहार गरेको छ । आणविक हतियार भएको उत्तर कोरियाले जापानमाथि मध्यम दूरीको मिसाइल प्रहार गरेको हो ।

यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मिसाइल प्रहार गरेको हो ।

जापान सरकारले यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । मिसाइल प्रहार भएको क्षेत्रका केही रेल सेवा तत्कालका लागि स्थगित गरिएको छ ।

मिसाइल प्रशान्त महसागरमा खसेपनि त्यसको असर जापानी भूमिमा देखिने सम्भावाना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाले हिसं्रक व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।

उत्तर कोरियाको मिसाइल आएपछि जापानले सुरक्षा परिषद्को बैठकसमेत बोलाएको छ । जापान, अमेरिका र दक्षिण कोरियाले गत साता त्रिपक्षीय सैन्य अभ्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement