एजेन्सी – दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले कुकुरको मासु खपतमा प्रतिबन्ध लगाउने सकिने बताएका छन्। प्रधानमन्त्रीसँगको एउटा भेटघाटमा राष्ट्रपति मूनले प्रतिबन्धबारे सोच्ने बेला भएको हो कि भनेर प्रश्न गरेका थिए ।
कुकुरलाई माया गर्ने भनेर चिनिएका राष्ट्रपतिले पूर्ण प्रतिबन्धको बारेमा बोलेको भने यो पहिलो पटक हो । प्रधानमन्त्रीले अलपत्र छोडिएका जनावरहरूको सुरक्षाका सम्बन्धमा गरिएका नयाँ व्यवस्थाबारे जानकारी गराएपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए ।
अधिकांश कोरियाली नागरिकले कहिल्यै कुकुरको मासु खाएका छैनन् हालैका वर्षहरूमा यसको माग घटिरहेको जनाइएको छ । तर बर्सेनि दक्षिण कोरियामा १० लाखसम्म कुकुरहरू मासुका लागि मारिने अनुमान गरिन्छ ।
दक्षिण कोरियामा कुकुर र बिरालोलाई क्रूर तरिकाबाट मार्न नपाइने कानुन छ तर त्यसको मासु खान प्रतिबन्धित छैन । तर हालैका वर्षहरूमा मानिसहरूले कुकुर पाल्न थालेपछि बिस्तारै कुकुरको मासु खान छोड्न थालेका छन्।




प्रतिक्रिया