काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने गुम्बा गाउँमा फैलिएको रुघाखोकी, ज्वरो आएर बिरामी हुनेको संख्या २ सय नाघेको छ । गाउँपालिका वडा नम्बर ३ स्थित गुम्बा गाउँमा रुघाखोकी, ज्वरोले ग्रस्त हुनेको संख्या २ सय नाघेको हो ।
विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि अहिले त्यस क्षेत्रमा त्रास फैलिएको छ ।
कोरोना भाइरसकै संक्रमण भनेर ठोकुवा गरिहाल्ने स्थिति नभए पनि त्यसकै लक्षणसँग मिल्दोजुल्लो भएर व्यापक मात्रमा संक्रमण फैलिएको देख्दा भने शंका गर्ने अवस्था रहेको अध्यक्ष श्रेष्ठले बताए ।
प्रभावित क्षेत्रमा उपचारका लागि गाउँपालिकामा उपलब्ध स्वास्थ्य टोली शुक्रबारदेखि नै खटिरहेको छ । अहिले बिहान छिमेकी जलबिरे गाउँपालिकाको स्वास्थ्य केन्द्रबाट २ चिकित्सकसहितको टोली प्रभावित स्थलमा जाँदै गरेको उनले बताए ।
जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार २०१ जना विरामी परेका छन् । विरामी परेकाहरुमा कोरोनाभाइरसको लक्षणसँग मेल खाने सङ्केत देखिएकोले त्यहाँ त्रास फैलिएको उपाध्यक्ष तामाङले बताइन् ।




प्रतिक्रिया