विराटनगर – कोशी प्रदेशमा नयाँ सरकार बनाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखलाई निवेदन दिएका छन् ।
माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि दुवै दलले कोशी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका हुन् ।
मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन पेश गरिएको छ ।
निवेदनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई वैकल्पिक सरकारको मुख्यमन्त्री बनाउन समेत आग्रह गरिएको छ ।
गत असोज २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सांसदसहित ४७ जनाको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कात्तिक १ गते विश्वासको मत दिएको माओवादी केन्द्र र एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेको दाबी गरिएको छ ।




प्रतिक्रिया