काठमाण्डु-कोशी प्रदेश सरकार विरुद्ध परेको मुद्दामा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदैछ ।
जवाफी बहस सकिए आजै फैसला आउन सक्ने सम्भावना छ ।
सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भइरहेको मुद्दामा प्रतिवादी कोशी सरकारका वहालवाला मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट भएको बहस सोमबार सकिएको छ । बहस सकिए पछि आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुने छ ।
कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावसमेत नराखी नयाँ मुख्यमन्त्री नियुक्त गरिएको थियो । एमालेका हिक्मतकुमार कार्कीलाई नियुक्त गरेपछि आफू मुख्यमन्त्री बहाल रहँदा रहँदै भएको नियुक्तिमाथि प्रश्न उठाउँदै केदार कार्की सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव नआएको, राजीनामा नदिएको र पदमुक्त हुने अन्य आधार पनि केही नभएको अवस्थामा नयाँ मुख्यमन्त्री नियुक्ति भएको दाबी गरेका छन् ।




प्रतिक्रिया