कोशी प्रदेश सरकारको प्रवक्तामा मन्त्री राईलाई जिम्मेवारी

कोशी प्रदेश सरकारको प्रवक्तामा मन्त्री राईलाई जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले पाएका छन् ।

बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।

खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने, ११ नोभेम्बरमा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरूको बैठक (कोप २९) मा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १०औं राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता मन्त्री राईले जानकारी दिए ।