कोशी प्रदेश सरकारद्वारा आमसञ्चार विधेयक स्वीकृत

कोशी प्रदेश सरकारद्वारा आमसञ्चार विधेयक स्वीकृत


काठमाण्डु – कोशी प्रदेश सरकारले आमसञ्चार विधेयक स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक स्वीकृतसहित १३ वटा निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीका अनुसार बैठकले प्रदेश आमसञ्चार विधेयक र प्रदेश भवन ऐन संशोधन विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ ।

सरकारले आगामी फागुन ३ गतेलाई प्रदेश स्थापना दिवसको रूपमा भव्य रूपमा मनाउने निर्णय गरेको छ । बैठकले प्रदेश निजामती सेवाको ११औं तहमा प्रकाशकुमार डाँगी, सुशीलकुमार अधिकारी, डा इन्द्रप्रसाद सापकोटा, कृष्णप्रसाद पोखरेल र ज्ञानबहादुर बस्नेतको पदस्थापनको निर्णय गरेको छ ।

बैठकले बुढीगंगा ट्रक पार्किङस्थल निर्माण तथा सञ्चालन कार्यविधि, भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि र रोजगार प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ । विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधिलाई संशोधनसहित कानून न्याय तथा प्रदेश मामिला समितिमा छलफलका लागि पठाइने भएको छ ।

जनयुद्ध स्मृति प्रतिष्ठान नेपाल बेलबारी २ मोरङलाई जग्गा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको जनाएको छ ।