कोशीमा लिम्बू र मैथिलीलाई कामकाजको भाषा बनाउने विधेयक अस्वीकृत

कोशीमा लिम्बू र मैथिलीलाई कामकाजको भाषा बनाउने विधेयक अस्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने उद्देश्यले दर्ता गरिएको विधेयक बिहीबारको प्रदेशसभा बैठकबाट बहुमतका साथ अस्वीकृत भएको छ ।

नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले पेश गरेको विधेयक ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’लाई विपक्षी दलले अघि सारेका हुन् ।

भाषा आयोगले लिम्बू र मैथिलीलाई प्रदेशका प्रमुख भाषाका रूपमा सरकारी कामकाजमा प्रयोग गर्न सिफारिस गरेपछि विधेयक तयार पारिएको हो । तर सत्ता गठबन्धनले आफैंले विधेयक ल्याउने तयारी गरेको भन्दै ह्वीप जारी गर्दै विधेयकलाई अस्वीकृत गराएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले सरकार आफैंले समावेशी र दीर्घकालीन दृष्टिकोणमा आधारित नयाँ भाषा विधेयक ल्याउने तयारीमा रहेको जानकारी दिए ।

तामाङले भने, ‘हामी फाल्गुनन्द जयन्तीको अवसर पारेर आगामी कात्तिक २५ गतेबाट नयाँ भाषा ऐन लागू गर्ने तयारीमा छौं ।’