बाढीपहिरोबाट देशभर ५२ जनाको मृत्यु, कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु

बाढीपहिरोबाट देशभर ५२ जनाको मृत्यु, कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोशी प्रदेशमा ठूलो मानवीय क्षति भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार कोशी प्रदेशमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । यससँगै देशभर मृत्यु हुनेको संख्या ५२ जना पुगेको छ ।

कोशी प्रदेशभित्र भएको मानवीय क्षतिमा सबैभन्दा बढी प्रभावित इलाम जिल्ला भएको छ । इलाममा पहिरोका कारण मात्रै ३७ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ज्यान गुमाउने ३७ जनामध्ये १३ जना पुरुष, १४ जना महिला, ३ जना बालक र ७ जना बालिका छन् भने इलाममा १ जना पुरुष अझै बेपत्ता छन् ।

इलामबाहेक कोशी प्रदेशका अन्य जिल्लाहरूमा पनि बाढी र पहिरोले मानवीय क्षति पुर्‍याएको छ । पाँचथरमा बाढी र पहिरोमा परी २ जनाको मृत्यु भएको छ, यसअघि शनिबार भएको दुर्घटनामा समेत ६ जनाको ज्यान गएको थियो ।

बाढीमा परी उदयपुरमा २ जना र खोटाङमा २ जनाको मृत्यु भएको छ । मोरङमा बाढीमा बगेर १ जना महिलाको मृत्यु भएको छ भने झापामा १ जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

मानवीय क्षतिसँगै बाढीका कारण कोशी प्रदेशमा ६ हजारभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विस्थापित हुनेहरूमा सबैभन्दा धेरै झापामा ५ हजार ४२५ घरपरिवार रहेका छन् । यसबाहेक मोरङमा ३८६ घरपरिवार, सुनसरीमा ४५ घर, धनकुटामा ६ घर, उदयपुरमा ३ घर र खोटाङमा ३ घरपरिवार विस्थापित भएका छन् ।