कोशीमा बहुमत पुर्‍याउन लिङदेनलाई फकाउदैँ देउवा, साथ दिने मुडमा छैन राप्रपा

कोशीमा बहुमत पुर्‍याउन लिङदेनलाई फकाउदैँ देउवा, साथ दिने मुडमा छैन राप्रपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय गरेसँगै सभापति शेरबहादुर देउवा बहुमत पुर्‍याउने गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यस्तै सत्ता गठबन्धनले कोशीमा नयाँ सरकार गठबनका लागि बहुमत पुर्‍याउने जिम्मा कांग्रेसलाई नै दिएको छ ।

कोशी प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीको भागमा परेपछि बहुमत पुर्‍याउन सभापति देउवा आफै सक्रिय भएका हुन् । सोमबार साँझ नै सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए । अध्यक्ष लिङ्देनसँगको छलफलमा देउवाले कोशीमा नयाँ सरकार गठनका लागि सहयोग मागेका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट शुक्रबार विश्वासको मत माग्दा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उनको पक्षमा उभिएको थियो । त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी विपक्षमा उभिदा जनता समाजवादी पार्टी जसपा भने तटस्थ बसेको थियो ।

हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा नयाँ सरकार गठनका लागि एक ठाउमा उभिए पनि बहुमत पुगिरहेको छैन । नयाँ सरकार गठनका लागि राप्रपा निर्णायक बनेको छ । नेपाली आफ्नो नेतृत्वमा सरकार गठन गर्न नेपाली कांग्रेसलाई राप्रपा साथ आवश्यक परेको छ ।

त्यसैले कोशी नयाँ सरकार गठनका लागि निर्णयक बनेको राप्रपालाई फकाउने कसरतमा देउवा लागेका छन् । तर, तत्कालै कांग्रेसलाई सरकार गठनका लागि साथ दिने मुडमा राप्रपा छैन । कोशीमा एमालेसँग सहकार्य गरिरहेकाे राप्रपासँग ६ सिट छन् । सरकार ढलेपनि राप्रपाले एमालेको साथ साथ छाडेको छैन । केन्द्रमा कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबिच सहमती जुटेमात्रै राप्रपाले कोशीमा सरकार गठनका लागि साथ दिने देखिएको छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। गठबन्धनमा रहेको कांग्रेसको २९, माओवादी केन्द्रको १२, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ गरी ४६ मत पुग्छ। ४० सिटको नेकपा एमाले र ६ सिटको राप्रपा एक ठाउँमा छन्। दुई दलसँग पनि ४६ मत नै छ।

यो पनि पढ्नुहोस्