कोशी प्रदेश नामकरण विवादबारे छानबिन गर्न समिति गठन

कोशी प्रदेश नामकरण विवादबारे छानबिन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले कोशी प्रदेश नामकरणको विवादबारे छानविन गर्न समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा भएको छलफलपछि गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलन र आन्दोलनको क्रममा पदम लिम्बुको निधन भएकोमा दुख व्यक्त गर्दै वार्ताबाटै समस्याको समाधानका लागि आग्रह गरेका छन्।

बिहीबार राती नै आन्दोलनका क्रममा घाईते भएका पदम लिम्बूको मृत्यु भएपछि उनलाई शहीद घोषणा गर्न माग गर्दै प्रर्दशन समेत भईरहेको छ।