काठमाण्डु- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहणको समय साँझ ५ बजेसम्का लागि सारिएको छ ।
आज बिहान साढे १० बजे शपथ थग्रहण गर्ने तयारी गरिएपनि मुख्यमन्त्री उद्धव थापाले साँझ ५ बजे पद तथा गोपनियताको शपथ लिनेछन् । मन्त्रालय भागबण्डामा सहमति जुटाउन बिहानको शपथग्रहण बेलुकाका लागि सारेका हुन् । मन्त्रालय भागबण्डाको टुंगो लागेपछि मुख्यमन्त्री थापाले शपथ लिने तयारी गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।




प्रतिक्रिया