अचानक स्वास्थ्यमा समस्या आएको भन्दै कोशीकी उपसभामुख दनुवार काठमाडौँ पुगिन

अचानक स्वास्थ्यमा समस्या आएको भन्दै कोशीकी उपसभामुख दनुवार काठमाडौँ पुगिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाण्डु आएपछि प्रदेशसभा बैठक अनिश्चित भएको छ । आज बिहान ८ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो । तर, उपसभामुख दनुवार काठमाण्डु आएपछि प्रदेशसभा बैठक अनिश्चित भएको हो ।

योसँगै मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यक्रम अन्योलमा परेको छ।  उपसभामुख दनुवारले प्रदेशसभा बैठक चलाउने जिम्मेवारी कांग्रेस सांसद इस्राइल मन्सुरीलाई दिएकी छन् । उनले आफ्नो स्वास्थ्यमा अचानक समस्या आएकाले काठमाठमाण्डु जानु परेकाले बैठकमा उपस्थित हुन नसक्ने जनाएकी छन्।

सभामुखविहीन कोशीमा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार सदस्यीय अध्यक्ष मण्डल बनाइएको थियो। तीमध्ये ज्येष्ठ सांसद लिलाकुमारी लिम्बू र अम्मरबहादुर विष्टले अनुपस्थित हुने सूचना दिइसकेकाले वर्णानुक्रम अनुसार मन्सुरीलाई अध्यक्षता गर्ने जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।