कोशीमा गठबन्धनको अर्को जालझेल : प्रदेशसभा बैठक सञ्चालन गर्ने मन्सुरीले पनि विश्वासको मत दिदैँ

कोशीमा गठबन्धनको अर्को जालझेल : प्रदेशसभा बैठक सञ्चालन गर्ने मन्सुरीले पनि विश्वासको मत दिदैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् । आज प्रदेशसभामा उनले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् । बैठक सञ्चालन गर्ने मन्सुरीले पनि मुख्यमन्त्री थापालाई विश्वासको मत दिने भइका हुन् । अध्यक्षता गर्ने व्यक्तिले बराबर मत नभएको अवस्थामा मत हाल्न पाउने व्यवस्था कानूनमा छैन ।

यसभन्दा अघि पनि कोशी प्रदेशमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर बुझाएका थिए। त्यसरी गठन भएको सरकारलाई सर्वोच्चले असंवैधानिक ठहर गरेको थियो । त्यतिबेला सत्ताधारी पार्टीका केन्द्रीय नेतृत्वले नै सभामुखको हस्ताक्षरसहित दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो। त्यसपछि थापा नयाँ प्रक्रियाबाट दोस्रोपटक मुख्यमन्त्री बनेका हुन्।

यसअघि मुख्यमन्त्री बन्ने क्रममा प्रदेश सभाका सभामुखलाई समेत गणना गरिएकोमा सर्वोच्च अदालतले प्रश्न उठाएपछि सभामुखलाई राजीनामा दिन लगाएर नियुक्ति हुनका लागि आवश्यक हस्ताक्षर पुर्‍याइएको थियो। तर, गठबन्धनले कोशीमा फेरि सरकार टिकाउन प्रदेशसभा बैठकको अध्यक्षता गर्ने व्यक्तिलाई मतदान गराउन लगाएर संविधानको उल्लंघन गर्ने भएको छ ।