कोशी सरकारविरुद्धको मुद्धाको फैसला आजै आउने


काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दायर रिटमा जवाफी बहस सकिएको छ ।

मंगलबार विपक्षीका तर्फबाट बहस सकिएकाले आज रिट निवेदकको तर्फबाट जवाफी बहस भएको हो । मुद्दाको फैसला आजै गर्ने गरी इजलासले तयारी गरिरहेको छ । बिहीबार अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले जवाफी बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement