कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँगै ४ मन्त्रीले लिए शपथ


विराटनगर – सर्वाेच्च अदालतको परमादेशपछि कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संविधानको धारा १६८(३) अनुसार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मुख्यमन्त्री कार्कीसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री भएका छन् । खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी पाएका छन् । भोजपुरका समानुपातिक सांसद सिर्जना राईले सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement