कोशीमा मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार, कुन मन्त्रालयमा को ?


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार मुख्यमन्त्री कार्कीले २ मन्त्री र २ राज्यमन्त्री थपेर ९ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

मन्त्रिमण्डल अब ३ राज्यमन्त्रीसहित ९ सदस्यीय भएको छ । केही मन्त्रीको कार्यविभाजन हेरफेर भएको छ । खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन् ।

मन्त्री एकराज कार्की भौतिक पूर्वाधार, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्री, बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्रीमा नियुक्त भएका छन् ।

राजयमन्त्रीतर्फ रामप्रसाद महतो उद्योग, कृषि, सहकारी राज्यमन्त्री, सिर्जना राई सामाजिक विकास राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

निवर्तमान मुख्यमन्त्री उद्धव थापालाई सर्वाेच्च अदालतले पदमुक्त गरेपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की मुख्यमन्त्री बनेका हुन् । उनले विश्वासको मत लिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement