विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई बहुमत पुग्ने अवस्थामा मात्रै विश्वासको मत दिने भएको छ ।
राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बहुमत पुग्ने अवस्थामा मात्रै वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिने बताए ।
आईतबार विराटनगरमा राप्रपा मोरङको गतिविधिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सिटौलाले विगतको निर्वाचनमा सहकार्य गरेको र प्रदेशमा राजनीतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने बताए । कोशी प्रदेशका जनताहरूले मध्यावधि नचाहेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि ठूला दलहरू मिल्नुपर्ने उनले बताए ।
नेता सिटौलाले विपक्षी गठबन्धनले अहिलेसम्म राप्रपासँग समर्थन माग्न र कुनै वार्ता गर्न समेत नआएको बताए । उनले आगामी दिनमा र निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि सहमति गरेर मात्र अब कोशीमा बन्ने सरकारलाई सहमति दिन सकिने बताए ।




प्रतिक्रिया