कोशीमा कांग्रेस विभाजित भएपछि देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक


काठमाण्डु – कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दा नेपाली कांग्रेसका सांसदहरू विभाजित भएपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

आज शुक्रवार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा कोशी प्रदेशमा देखिएको समस्याबारे छलफल हुने सहमहामन्त्री बद्री पाण्डेले बताए ।

कांग्रेसहित सत्तारुढ गठबन्धनले नेकपा माओवादी केन्द्रका दल नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि कांग्रेसकै सांसद केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर छुट्टै दाबी पेश गरेका छन् । कार्की कांग्रेसभित्र नेता डा. शेखर कोइराला निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement