कोशीको ‘कदम’ले एमालेलाई फाइदा : सरकारमा मन्त्री, संसद्मा सभामुख !

कोशीको ‘कदम’ले एमालेलाई फाइदा : सरकारमा मन्त्री, संसद्मा सभामुख !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सरकारमा नेकपा एमालेलाई पनि सहभागी गराउने तयारी गरेका छन् ।

आईतबार शपथ ग्रहणलगत्तै मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी थालेका छन् ।

आईतबार पहिलो चरणमा १ जना कांग्रेसका र १ जना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइने स्रोतले जनाएको छ । भोलि आईतबार ४ सदस्यीयसम्म मन्त्रिमण्डल गठन हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

भोलि आइतबार सार्वजनिक बिदा भएकाले सोमबार कार्यालय खुल्नेबित्तिकै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना दिने जनाइएको छ ।

मुख्यमन्त्री कार्कीले बुधबार नै विश्वासको मत लिने तयारी गरेका छन् ।

स्रोतका अनुसार कोशी प्रदेशमा रिक्त रहेको सभामुख पद पनि नेकपा एमालेले नै पाउने चर्चा सुरु भएको छ । राप्रपाले सरकारलाई सघाएमा उपसभामुख दिन सकिने विषयमा पनि छलफल भएको छ ।

सत्तारुढ गठबन्धनले नेकपा माओवादी केन्द्रका ईन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको बेला नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्री बनेका छन् ।