कोशी सरकारबारे प्रचण्ड- एमालेलाई नछिराउनु भन्दा मानेनन्, करेक्सन गर्दैछौं


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी सरकारमा एमालेलाई सहभागी गराएकोप्रति असन्तुष्टि जनाएका छन् ।

सोमवार समाजवादी मोर्चाले धनगढीमा गरेको सन्देशसभामा प्रधानमन्त्री प्रचण्डले कोशी सरकारमा एमालेलाई सहभागि गराएकोमा असन्तुष्टि जनाएका हुन् ।

शनिबार भएको सहमतिसँगै कोशीमा एमालेले गरेको चलखेल रोकियो भनेर ढुक्क भएको बताउदैँ फेरि चलखेल भएको उनको भनाइ छ । ‘हामीले भनेका थियौं, नेपाली कांग्रेसको एक जना मात्र मन्त्री बनाउने विश्वासको मत लिनु अगाडि । अरु मन्त्री नबनाउने भनेको फेरि एमालेको पनि त्यहाँ छिराइहालेछन् । फेरि त्यसलाई करेक्सन गर्दैछौं ।’, प्रधानमन्त्री प्रचण्डले भने ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वास्तविक एमाले नभएको टिप्पणी गरे। ‘अहिले एमालेको नेतृत्व जसले गरेको छ। उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, उनले भने ।

कोशीमा आइतबार मुख्यमन्त्री केदार कार्कीले एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई विना विभागीय मन्त्री बनाएका छन् । शनिवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता शेखर कोइराबीच गठबन्धनलाई दायाँबायाँ नगर्ने लिखित सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement