कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

गत शनिबार मुख्यमन्त्रीमा नियुक्त उनले विश्वासको मत लिने प्रयोजनका लागि आज कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

आज १ बजेर ५ मिनेटमा सुरु भएको प्रदेशसभा बैठकमा आफ्नो सरकारलाई विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूले सिद्धान्त र विचारमा विचलित नभई जनताका आवश्यकता र चाहना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले मुलुकको सङ्घीय संरचनालाई अझ बलियो बनाई अघि बढ्न सबैले सङ्कल्प गर्नुपर्ने बताए। कोशी प्रदेशसभामा ९३ सदस्य छन् र बहुमतका लागि ४७ मत चाहिन्छ ।

गत असोज २७ मा उनलाई नेपाली काङ्ग्रेसका आठ र नेकपा एमालेका ३९ जनाको समर्थन प्राप्त भएको थियो । प्रदेशसभा बैठकमा विश्वासको प्रस्तावका विषयमा छलफल जारी भएको र केही समयपछि मतदान हुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement