कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा २ मन्त्री नियुक्त, एमाले सरकारबाट बाहिरिने

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा २ मन्त्री नियुक्त, एमाले सरकारबाट बाहिरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले २ जना मन्त्री नियुक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरिएको छ ।

केन्द्रीय सत्तारुढ गठबन्धनका मन्त्री नियुक्तिप्रति सत्ता सहयात्री नेकपा एमालेको असन्तुष्टि छ ।

मुख्यमन्त्री कार्कीले माओवादी र समाजवादीलाई सरकारमा सहभागी गराएपछि नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले केन्द्रीय गठबन्धनमा एमाले सहभागी नहुने बताए । कार्की नेतृत्वको सरकारमा एमालेबाट संसदीय दलका उपनेता राम राना मन्त्री छन् ।